१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वनिम र प्रवीण फाइनलमा



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीका स्वनिम मानन्धर र नेपाल आर्मीका प्रवीण मानन्धर राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष एकल काताको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल भएको उक्त प्रतियोगिताको सेमिफाइलनमा आज स्वनिमले एपीएफका मनिष कार्की तथा प्रवीणले बागमती प्रदेशका अमृत ठोकरलाई पराजित गरे ।

उक्त स्पर्धाको महिला तर्फ एपिएफकी सन्जु देसारले बागमतीकी दीपा पुन तथा नेपाल प्रहरीकी एलिशा रास्कोटी मगरले आर्मीकी सानुमाया थिङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।

नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगिताको पुरुष र महिला टिम कातामा आर्मी र प्रहरीले उपाधि भिडन्त पक्का गरेका छन् ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा अन्तरराष्ट्रिय पदक विजेता निरुपा दोङ तामाङ र रेहान जावेदलाई जनही रु २० हजारसहित सम्मान गरिएको थियो । कराते प्रशिक्षकत्रय राजेन्द्र कपाली, अक्बर शाह र विजयमान थापा पनि सम्मानित भए ।

प्रतियोगितामा १० टिमबाट २१० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रामकुमार थारुले जानकारी दिए । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा समावेश छन् । टिम च्याम्पियनले रु एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । रासस