१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट



अ+ अ-

काठमाडौँ। अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी राससलाई दिनुभयो ।

अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताउनुभयो ।

डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ ।

उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ । रासस