१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्कोसुर व्यापार सम्झौता इयूको उच्च अदालतमा पठाइयो



अ+ अ-

फ्रान्स। युरोपेली सङ्घ (इयू) को संसद्ले बुधबार दक्षिण अमेरिकी समूह मर्कोसुरसँग भर्खरै हस्ताक्षर गरिएको व्यापार सम्झौतालाई शीर्ष अदालतमा पठाउने पक्षमा मतदान गरेको छ।

ब्राजिल, अर्जेन्टिना, उरुग्वे र पाराग्वेसँग शनिबार हस्ताक्षर गरिएको विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र बनाउने सम्झौतालाई फ्रान्स र अन्य केही मुलुकले समर्थन गरेका किसान समूहहरूले कडा विरोध गरेका छन्।

स्ट्रासबर्गका सांसदहरूले इयूको ‘कोर्ट अफ जस्टिस (सिजेइयू)’ लाई यो सम्झौता समूहको नीतिसँग मेल खान्छ कि खाँदैन भनेर निर्धारण गर्न आग्रह गर्ने पक्षमा ३३४ र विपक्षमा ३२४ मत दिएका छन् ।

बुधबारको मतदानअघि सयौं किसानहरू ट्याक्टर लिएर संसद भवन बाहिर भेला भएका थिए र नतिजा आएपछि प्रदर्शनकारीहरूले खुसियाली मनाएका छन् ।

अदालतले अब कानुनी चुनौतीको मूल्याङ्कन गर्नुपर्नेछ । यो समीक्षा एउटा यस्तो प्रक्रिया हो जसले नयाँ बजार खोल्नको लागि ब्रसेल्सको दबाबको आधारशिलाको रूपमा हेरिएको सम्झौतालाई ढिलाइ गर्न सक्छ र फिर्ता पनि गर्न सक्छ। सम्झौताको समर्थन र वार्ता गर्ने युरोपेली आयोगले सांसदहरूको निर्णय सही नभएको बताएको छ ।युरोपेली आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले ब्रसेल्समा पत्रकारहरूलाई भन्नुभयो, “हाम्रो विश्लेषण अनुसार संसद्ले प्रस्तावमा उठाएका प्रश्नहरू न्यायोचित छैनन् किनकि आयोगले ती प्रश्न र मुद्दाहरूलाई धेरै विस्तृत रूपमा सम्बोधन गरिसकेको छ ।”

यो सम्झौताले कार, ‘वाइन’ र पनीरको युरोपेली निर्यातलाई दक्षिण अमेरिकी बजारमा स्वीकार गर्छ भने दक्षिण अमेरिकी मुलुकबाट आयात हुने गाईको मासु, कुखुरा, चिनी, चामल, मह र भटमासलाई युरोप प्रवेश गर्न सजिलो बनाउँछ ।

यसले धेरै युरोपेली किसानहरूलाई आक्रोशित बनाएको छ । उनीहरूले सम्झौताको विरोधमा पेरिस, ब्रसेल्स र वार्सामा ट्याक्टर घुमाएका विरोध जनाएका छन् र कम मापदण्डका साथ उत्पादन गरिएको सस्तो सामानमा प्रतिबन्धित कीटनाशकहरूको अनधिकृत प्रयोग गरेको आशङ्कामा गरेका छन् ।

“हामी महिनौँदेखि यहाँ बसिरहेका छौँ,” फ्रान्सेली युवा किसान समूहका प्रमुख क्वेन्टिनले गुइलसले इयू संसद् बाहिर एएफपीसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “आज रात, म घर जाँदैछु, म सबै किसानलाई खुशीको खबर साट्न जाँदैछु र म मेरा बच्चाहरूलाई भन्न जाँदैछु। मैले जुन कुराका लागि लडेको थिएँ त्यो पाएँ । इयू संसद्ले हामीलाई हामी गर्व गर्न लाएक निर्णय दिएको छ।”(रासस/एएफपी)