१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक



अ+ अ-

कास्की। देशको पर्यटकीय पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय/अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिताको खेलाउँदैछ । आयोजकले आज सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछ । पुरुषतर्फ पहिलो खेल पाहुना टोली मालदिभ्स र नेपाल आर्मी क्लबकाबीच हुनेछ भने महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी क्लब आमनेसामने हुनेछन् ।

माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच गरी ११ टिमको सहभागिता रहेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स भलिबल एशोसिएसन क्लबको सहभागिता रहेको छ ।

त्यस्तै महिलातर्फ तीन विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्सको सहभागिता रहेको छ ।

छैटौँ संस्करणको च्याम्पियन हुने महिला तथा पुरुष टोलीले समान रु  छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।

यसैगरी, सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाँचौँ संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । रासस