२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार तीन जितसँगै बङ्गलादेश सुपर सिक्समा



अ+ अ-

कीर्तिपुर । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले जित हासिल गरेसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा बङ्गलादेशले लगातार तीन जित हासिल गरेसँगै सुपर सिक्समा प्रवेश गरेको हो ।

आज सम्पन्न तेस्रो खेलमा बङ्गलादेशले नामिबियालाई ८० रनले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि बङ्गलादेशले अमेरिका र पपुवान्युगिनीलाई हराएको थियो । यो जितसँगै बङ्गलादेश छ अङ्कका साथ ‘ए’ समूहको शीर्ष स्थानमा छ ।

खेलको सुरुमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन बनाएको थियो । बङ्गलादेशका लागि शोभना मोस्तरीले सर्वाधिक २७ र दिलेरा अख्तरले २५ रन जोडेका छन् ।

नामिबियाको बलिङमा साइमा टुहादेलेनी र सिल्भिया सिहेपोले समान दुईरदुई विकेट लिए भने विल्का म्वाटिले र जुरियन यायरगार्डट्ले एक÷एक विकेट लिएका छन् । जवाफी ब्याटिङमा नामिबियाले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

नामिबियाका लागि सुने विटमानले सर्वाधिक १९ र मेजरली इगोरासेसले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बङ्गलादेशकी शोर्ना अख्तरले चार र रबेया खान तथा फहिमा खातुनले समान तीन/तीन विकेट लिएका छन् ।