२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट ज्ञान निकेतन बास्केटबल शुरु



अ+ अ-

काठमाडौं । ज्ञान निकेतन माविको आयोजनामा १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा प्लस २ ब्वाइज र स्कुल ब्वाइजतर्फ जम्मा २४ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी निर्देशक विश्वजित कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस २ ब्वाइजमा १६ तथा स्कुल ब्वाइजतर्फ ८ टिम सहभागी हुने छन् ।

प्लस टु मा सहभागीलाई ४ समूह तथा स्कुलमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्लस टु मा समूहमा शीर्ष दुई स्थानमा रहने टिम क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । स्कुलतर्फ समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी गराए ।

प्लस टु मा टाइम्स इन्टरनेसनल कलेज तथा स्कुलमा आयोजक ज्ञान निकेतन डिफेन्डिङ च्याम्पियन हुन् । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुने छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको ज्ञान निकेतनका बास्केटबल प्रशिक्षक सुनिल लामाले जानकारी दिए ।