१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो सुन्दरहरैँचा उपप्रमुख कपको उपाधि आमचोकलाई



अ+ अ-

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपप्रमुख कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ ।

गछिया खेलमैदानमा आज फाइनल खेलमा आमचोक गाउँपालिकाले आयोजक सुन्दरहरैँचा नगरपालिकालाई पराजित गरेको हो । आमचोकले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ अङ्ले सुन्दरहरैँचालाई पराजित ग¥यो ।

उपाधि विजेता आमचोकले शिल्ड मेडलसहित एक लाख ३३ हजार ३३३ रूपैयाँ नगद पुरस्कार हात पारेको छ । साथै द्वितीय हुने टिम सुन्दरहरैँचा नगरपालिकाले ६६ हजार ६६६ रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

विजेता तथा उपविजेता टिमलाई नगरप्रमुख केदारप्रसाद गुरागाईं, कार्यक्रमका अध्यक्ष नगर उपप्रमुख अकली चौधरी, नगर खेलकुद विकास समिति सदस्य सचिव खड्ग श्रेष्ठ, पूर्वराष्ट्रिय भलिबल खेलाडी पोष्टकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा सुन्दरहरैँचाका खेलाडी मनिका श्रेष्ठ वेस्ट लिब्रो र क्रिष्मा डाँगी वेस्ट स्पाइकर घोषित भए । साथै आमचोकका सरला राई वेस्ट डिफेन्स, रूमा श्रेष्ठ वेस्ट सेटर र आरूषा तामाङ वेस्ट प्लेयर घोषित भएर पुरस्कृत भए ।

प्रतियोगिताको फाइनल खेलमा राष्ट्रिय भलिबल खेलाडी कृष्मा डाँगीलाई विशेष सम्मान गरिएको थियो । माघ ६ गतेदेखि सिद्धार्थ युवा समाज क्लबको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १२ वटा महिला भलिबल टिमको सहभागिता थियो । रासस