१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान



अ+ अ-

बाँके। जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ ।

आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो। अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताउनुभयो ।

“बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा स्थानीय प्रबुद्धहरुलाई उभ्याएर समूहगत छलफल गरी औषधि सेवनका निम्ति उत्प्रेरित गरिन्छ”, उहाँले भन्नुभयो ।

यसअघि डुडुवामा पालिकास्तरीय हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसअवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारणका लागि सरकारले गरेको लगानीबारे जानकारी दिनुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आफ्नै वडामा १६ औँ पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान चलाउनु परेकोमा दुःख व्यक्त गर्दै अब फेरि अर्को अभियान सञ्चालन गर्नुपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

डुडुवा–३ का वडाध्यक्ष आमोद तिवारीले आफ्नो वडामा १६ औं पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानलाई सफल बनाउन आफू जुनसुकै समयमा परिचालित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  डुडुवाको वडा नम्बर २ सबैभन्दा जोखिममा रहेको जनाइएको छ।

अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ जना, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ६९ हजार ३३९ गरी कूल तीन लाख ५७ हजार ५१३ जनालाई औषधि खुवाउने लक्ष्य छ ।

अभियान सञ्चालनका लागि रु ४३ लाख बजेट विनियोजन गरिएको छ । रासस