१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान हुदैन’



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधिस ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताउनुभएको छ ।

वैदेशिक रोजगार विभागले सोमबार आयोजना गरेको मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधिस खतिवडाले सबै मुद्दाहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘जहाँ मेलमिलाप गराउनु उपयुक्त हुँदैन त्यो मेलमिलाप प्रकृयामा ति कुराहरुलाई पठाउनु हुँदैन त्यो प्रकृयाबाट संवोधन हुन दिनु हुँदैन तर सामान्य किसिमका विवादहरु मेलमिलाम प्रकृयाबाट टुङ्ग्याउनु असल हुन्छ ।’ उहाँले न्यायोचित समाधान दिन मेलमिलामकर्ताहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाले मेलमिलापमा जाँदा सबै मेलमिलापलाई पैसामा हिसाब गरेर न्यायोचित न्याय दिन नसकिने समेत बताउनुभयो । त्यसका लागि दुई पक्षबीचको सन्तुलनमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘मेलमिलापले जहिलेपनि दिएको समाधान न्यायोचित हुनुपर्छ दुईवटा पक्षको सन्तुष्टिको विषय बनाउनुपर्छ । ’ यसलाई मोनिटरी विषयबाट माात्र नहेरेर मेलमिलाम कर्ताले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विचार गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नायव महान्यायाधिवक्ता पद्यम प्रसाद पाण्डेले कुनैपनि विवादको मुद्दा गरेर मात्रै समस्या समाधान नहुने बताउनुभयो । उहाँले समस्याको समाधानको निम्ति र समाजलाई सहजरुपमा अगाडि लैजानका लागि मेलमिलाप उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘मेलमिलाप यो नयाँ संहिताहरुमा किन आएको होला भनेर विचार गर्दाखेरी दुई तीन वटा कुराहरु छन त्यो के हो भने मुद्दा गरेर मात्रै त समस्याको समाधान हुँदैन त्यसकारण समस्याको समाधान गर्नको निम्ति र समाजलाई सहज रुपमा अगाडी लैजानको निम्ति समाजमा झगडाको वातावरण होईन मेलमिलापको वातावरण चाहिन्छ ।’

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले वैदेशिक रोजगारमा आउने समस्याहरुलाई मेलमिलापमा लैजादा प्रकृया लम्बिने हो की भन्ने चिन्ता बढेको बताउनुभयो । उहाँले सबै वैदेशिक रोजगार व्यवसायीहरु ठग्ने र रोजगारीमा जानेहरु ठगिने हुन भन्ने मानसिकता रहदा सम्म मेलमिलापकर्ताहरुमा चुनौति बढ्दै जाने बताउनुभयो ।

महानिर्देशक भुषालले अहिले सम्म संस्थागत विवादमा नैतिक दवाव दिएर पनि समस्याको समाधान गरिदै आएकोमा अव मेलमिलापकर्ताहरुलाई प्रमाणहरु जुटाएर मेलमिलाप गराउने चुनौति रहेको बताउनुभयो । कार्यक्रममा ५२ जना मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण गराइएको थियो ।