२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० क्रिकेट: भारतद्वारा न्यूजील्यान्ड सात विकेटले पराजित



सूर्यकुमार यादव
अ+ अ-

भारतको रायपुरमा शुक्रबार साँझ भएको दोस्रो टी२० क्रिकेट खेलमा भारतले न्यूजील्यान्डलाई सात विकेटले पराजित गरेको छ ।

यो जितसँगै भारतले पाँच खेलको शृंखलामा २-० ले अग्रता बनाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । जसमा कप्तान मिचेल सान्टनरले ४७, रचिन रबिन्द्रले ४४, टिम साइफरले २४ रनको योगदान गरेका थिए ।

तर भारतले २०९ रनको लक्ष्य २८ बल बाँकी रहँदै १५.२ ओभरमा तीन विकेट गुमाएर सहजै पार गरेको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८२ रनको योगदान गरेका थिए जसमा ४ छक्का र ९ चौका सामेल थियो ।

अर्का ब्याट्सम्यान इशान किसनले ७६ रनको आतिशि पालि खेलेका थिए । उनले इस सोढीको बलमा आउट हुनुअघि ४ छक्का र ११ चौका प्रहार गरेका थिए । त्यस्तै, बायाँहाते ब्याटर शिभम दुबेले पनि १८ बलमा ३६ रन बनाएका थिए । उनले पनि ३ छक्का र १ चौका प्रहार गरेका थिए ।