२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । रियल भालाडोलिडलाई आईतबार राति भएको खेलमा हराउँदै मड्रिड क्लब लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा मड्रिड क्लबले १–० को जित निकाल्यो ।

खेलको ७८ औ मिनेटमा नाचोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । रियल पछिल्ला १९ खेलमा अपराजित छ ।

शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग तीन अंकको अग्रता लिएको छ । भालाडोलिड २२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थानमा माथि छ ।