२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन ६ मा



अ+ अ-

काठमाडौं । एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७५ फागुन ६ गते बसन्तपुर डबली, काठमाडौंमा हुने भएको छ । अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा सो बारे जानकारी गराए । अवार्डको १४ औं संस्करणमा विभिन्न २८ खेलका पुरुष÷महिलासहित २८ खेलाडीलाई अवार्ड प्रदान गरिने छ ।

इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको प्रदर्शनलाई आधार मानी चयन गरिएका खेलहरुमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोर्ट्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्ट्स क्लाइम्बिङ, बास्केटबल, लनटेनिस, ब्याडमिन्टन, ट्रायथलन, पेन्केक सिलात, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स र गल्फ रहेका छन् । यि खेलका विजेतालाई जनही १० हजारसहित ट्रफी प्रदान गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा विजेताको चयन गरिने छ ।

नगद पुरस्कारमा खेलाडी संघले ५ हजार र सम्बन्धित खेल संघले ५ हजार उपलब्ध गराउने छन् ।अठाइस खेलका विजेता मध्येबाट १–१ सर्वोत्कृष्ट पुरुष÷महिला खेलाडीको छनोट गरी जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । यसका लागि गत वर्ष नै ग्लोबल आईएमइ बैंकसंग ५ वर्षका लागि सम्झौता भइसकेको छ । त्यत्ति बेला जनता बैंकसंग सम्झौता भएको थियो । जनता बैंक अहिले ग्लोबल आईएमइमा ‘मर्ज’ भएको छ । त्यस्तै पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित गजराज जोशी आदर्श खेलाडी सम्मानबाट १ खेलाडीलाई पुरस्कृत गरिने छ । यो अवार्डको विजेताले ३५ हजार नगद प्राप्त गर्ने छन् ।

विगतामा यो अवार्डको राशी २५ हजार रुपैयाँ थियो । एनएनआईपीए खेलकुद पत्रकारिता अवार्डबाट १ खेल पत्रकारलाई २५ हजार नगदनबाट पुरस्कृत गरिने छ । नयाँ विधाका रुपमा पारा खेलकुदतर्फ २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक पारा खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ । अवार्डको स्थानिय आयोजकमा काठमाडौं महानगरपालिका रहेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका सामाजिक विकास प्रमुख सनत थापा र ग्लोबल आईएमईका म्यानेजर– सीबीआर छविलाल हुमागाईंको पनि उपस्थिति रहेको थियो ।