२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान



अ+ अ-

काठमाडौं, ११ माघ (रासस) : होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवद्र्धनका निम्ति राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ ।

हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “नेपाल आउने करिब ९० प्रतिशत विदेशी पर्यटकले नेपाली खाना खोज्ने गरेका छन् र त्यसका लागि हामीले हाम्रो परम्परागत खानालाई प्रवद्र्धन गर्नुपर्छ ।”

उहाँले गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपाली सङ्घसंस्थासँग सहकार्य गरी नेपाली खानाको प्रचार गर्ने तथा स्वदेशमा सातै प्रदेशमा खाना महोत्सवको तयारी भइरहेको जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रका जानकार अभिषेकविक्रम शाहले नेपालीपन नहराउने गरी परिकारलाई विश्वस्तरमा पु¥याउन सेफहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले सेतो लुगामा कालोदाग लाग्न दिन नहुनेतर्फ सबै सेफ सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ पुस्तालाई काममा विश्वास राख्न, पेसाको सम्मान गर्न, अनुशासनमा बस्न र सिकाइलाई कहिल्यै नछाड्न सुझाव दिनुभयो । “भान्सा केबल पकाउने स्थान मात्र होइन, यो देशको संस्कृति, पहिचान र परिकारलाई विश्वसामु चिनाउने मञ्च हो”, सेफ केसीले भन्नुभयो ।

वरिष्ठ सेफहरु श्याम लामा, रत्नबहादुर थापा, जित लामा पाख्रिन, रेशम कुमार तामाङ, प्रशिक्षक सूर्यकिरण श्रेष्ठले होटलका भान्सामा रहने सेफ कहिल्यै अवकाश नहुने भन्दै उनीहरुका निम्ति अवसर नै अवसर रहेका बताउनुभयो ।

त्यस अवसरमा यसवर्षको ‘सेफ कोट’ सम्मान सज्जनचन्द्र खनाललाई प्रदान गरिएको थियो भने ‘सेलिब्रेटी सेफ’ सम्मान प्रकाश कटुवाल, ‘आर्टिस्ट सेफ’ सम्मान प्रमानन्द कुँवर, नेपाली ‘ग्यास्ट्रोनोमी एक्सिलेन्स’ सम्मान श्याम थापा, ‘अर्गनाइजेशनल लिडरसीप’ सम्मान रेशमकुमार तामाङलाई प्रदान गरिएको थियो ।

भ्वाइस अफ सेफ्सका अध्यक्ष विक्रम गिरीले पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले निरन्तर कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।रासस