१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु



अ+ अ-

ललितपुर। बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो ।

महोत्वसको बाल गायिका कल्पना विष्टले उद्घाटन गर्नुभयो । सोही अवसरमा बाल साहित्यकारहरू भिक्टर प्रधान, प्रमोद प्रधान, घनश्याम राजकर्णिकार र सिर्जना शर्मालाई रु १५÷१५ हजार राशिको पुरस्कार प्रदान गरियो ।

समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बालसाहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बालसाहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुुने महोत्वसमा रचना प्रस्तुति र बङ्गलादेशका वरिष्ठ साहित्यकार प्रा डा मिजानुर रहमान कल्लोलको मुख्य प्रस्तुति रहने महोत्वसका संयोजक यशोदा अधिकारीले जानकारी दिनुभयो । रासस