१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेस्थलीको जंगलमा पुर्व सैनिककै साथबाट ५० लाख लुटपाट



अ+ अ-

काठमाडौं । काठमाडौंको काभ्रेस्थली जंगलबाट पुर्व सैनिक सुबेदार बच्चुराम गुरुङ लुटिएका छन् । ‘बल्ने ढुंगा’ किन्ने भन्दै ५० लाख रुपैयाँ बोकेर काभ्रेस्थली जंगल पुगेका गुरुङ लुटिएका हुन् । साथीहरुको लहैलहैमा लागेर शुक्रबार (९ माघमा) ‘बल्ने ढुंगा’ किन्न काभ्रेस्थली पुगेका गुरुङलाई साथिहरुले ‘बल्ने ढुंगा बेच्ने मान्छे भेटेका छौं, मिलेर त्यो किनौं पछि करोडौंमा विक्री हुन्छ’ भनेपछि उनी ५० लाख रुपैयाँ सहित काभ्रेस्थली जंगल पुगेका थिए तर उनलाई ति लुटेराको समुहले लुटे ।

आफू लुटिएको सूचना उनले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिएपछि अहिले लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले जानकारी दिए ।

तर यता गुरुङले भने जग्गा बैना गर्न बोलाएर आफूलाई सो समूहले लुटेको प्रहरीलाई बताएका छन् । उनी जग्गा प्लटिङको पनि काम गर्थे । लुटपाटमा संलग्न ६ जना पनि जग्गा प्लटिङ ब्यवसायमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।