२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे आठ अर्बको कारोबार



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कुल १८७ कम्पनीका सेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उतारचढावपूर्ण अवस्थामा रहे पनि दुई करोड ५१ लाख दुई हजार १५९ कित्ता सेयर रु आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४४६ मूल्यमा खरिदबिक्री भए ।

बजारले लय समातेर अगाडि बढे पनि क्रमशः नेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा एक हजार २ सय को बिन्दुमा झरेको छ । मौसमीरूपमा नाफा कमाउने लगानीकर्ता हाबी हुँदा बजार उतार चढावपूर्ण अवस्थामा रहेको विश्लेषण गरिएको छ । नेप्सेका अनुसार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भयो । लगातार उकालो लाग्दै आएको बजारमा त्यस दिनको वृद्धिले नयाँ उचाइँ कायम गरेको थियो । त्यस दिन नेप्सेमा ३३ दशमलव ४३ विन्दुले वृद्धि भई एक हजार ३४३ दशमलव ६५ मा पुग्यो । प्रतिशतका आधारमा नेप्सेमा २ दशमलव ५५ वृद्धि देखिएको थियो ।

कूल १७८ कम्पनीका ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबर कारोवार भए । आइतबारको उचाइ सोमबार कायम हुननसक्दा नेप्से परिसूचक त्यसदिन झण्डै साढे २६ अङ्कले ओरालो लाग्यो । नेप्से परिसूचक २ दशमलव ५४ विन्दुले घटेर एक हजार ३१७ दशमलव ११ मा पुग्यो । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै रु दुई अर्ब बराबर रह्यो । कूल १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए ।

मंगलबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । नेप्सेमा सामान्य सुधार देखिँदै ३.३६ विन्दुले बढेर एक हजार ३२० दशमलव ४७ मा समेटियो । झिनो अंकले नेप्से उकालो लागे पनि कारोबार रकम भने करिब डेढ अर्ब नाघेको थियो । स्टकका अनुसार कुल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता सेयर एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो । बुधबार नेप्से परिसूचक ७ दशमलव ०५ अंकले घटेर एक हजार ३१३ दशमलव ४२ मा पुग्यो । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको थियो ।

कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक त्यसदिन झण्डै १६ अङ्कले घटेको थियो । नेप्से दशमलव ९५ विन्दुले घटेर एक हजार २९७ दशमलव ४७ मा झर्यो ।

एक हजार ३०० को विन्दुमाथि पुगेको बजार ओरालो यात्रासँगै एक हजार २००को विन्दुमा झर्यो । कूल १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता सेयर एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद बिक्री भए । स्टकमा यस साता प्रभु बैंकको ऋणपत्र सूचीकृत भयो । कूल १० लाख कित्ता ऋणपत्र उक्त बैंकको सूचीकृत भएका हुन् । सौर्य दैनिकबाट