२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता सुनिल शर्माले भनेः तपाईंहरुले जिताइसक्नुभयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै हो



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको काँग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले काँग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताउनुभएको हो ।

उहाँले अब युवा काँग्रेस, विपी कोईरालाले कल्पना गर्नुभएको समावेशी, लोकतान्त्रिक काँग्रेस बनिसकेको बताउनु भयो । उहाँले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नरपरी काँग्रेसलाई मतदान गर्न आह्वान गर्नुभयो । बदलिएको काँग्रेसले नै देश बदल्ने उहाँको जिकिर छ । विपीहरुले जोगाएको काँग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताउनु भयो । उहाँले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मत मलाई दिनुहुन्छ, थाहा छ, पहिला पनि दिनुभयो तर अलिकति छरछिमेकीलाई पनि भन्नुपर्छ । मत बढाइदिनुपर्छ । पहिला तीन नम्बर बनाइदिनु भयो अब एक नम्बर बनाइदिनुहोला । भोट जनताले दिने हो बाक्सा चेन्ज हुने होइन केरे । बाक्सा खोल्न पर्खिनु त पर्ने हो । तपाईंहरुले नै दिने भोट हो । फागुन २१ सम्म पर्खिनुपर्ने हो । मत तपाईंहरुले हाल्ने हो । गन्ने मान्छे नेपाली नै हुन् । अब बदलिएको काँग्रेस,युवा काँग्रेस, विपी कोईरालाले परिकल्पना गर्नुभएको काँग्रेस, समावेशी काँग्रेस, लोकतान्त्रिका काँग्रेस, डेमोक्रेटिक काँग्रेसलाई तपाईंहरुले मत दिएर पठाइदिनु भयो भने यसरी नै हाँसिहाँसिकन कुनै सुरक्षा गार्ड नराखिकन तपाईंहरुका बीचमा सदा सर्वदा फेरि आउने सुअवसर प्राप्त गर्नेछौँ । अहिले तपाईंहरुले दिने मत यति मूल्यवान छ, त्यो मूल्यवान चिजलाई कन्फ्युज नगरी दिनुहोला । विपीहरुले जोगाएको काँग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व तपाईंहरुको बीचमा छ ।’

उहाँले युवा काँग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गर्नुभयो ।