२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआई सी एशिया बैंकद्वारा एपीएफ क्लबका साग पदक विजेतालाई नगद सहयोग हस्तान्तरण



अ+ अ-

उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधामा पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप रु ९९५,००० बराबरको रकम यस बैंकले प्रदान गरेको छ । उक्त सहयोग स्वरुपको चेक एनआई सी एशिया बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष कुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीषक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालज्यूको प्रमुख अतिथ्यता रहेको थियो । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

२१ लख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाईसकेको छ भने वित्तीय समावेशी करणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।