२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा संघीय निर्वाचन सम्पादन समिति गठन



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै  संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको हो

समितिको सदस्य सचिवमा शंकर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । समितिमा सातै प्रदेशका प्रतिनिधिहरू समेटिएका छन्, जसले प्रदेशस्तरमा निर्वाचन अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ

यसैगरी, निर्वाचन व्यवस्थापनलाई थप व्यवस्थित बनाउन पार्टीले तीन वटा विशेष उपसमिति पनि गठन गरेको छ । ती उपसमितिहरूले संगठन तथा उम्मेदवार समन्वय, प्रशासनिक समन्वय र सञ्चार व्यवस्थापनको जिम्मेवारी लिनेछन्

पार्टीका अनुसार आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरी स्थिर सरकार निर्माण र देशको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित समिति गठन गरिएको हो । संघीय, प्रदेश, जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा समेत छुट्टाछुट्टै समिति गठन गरी अभियान सञ्चालन गरिने जनाइएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/01/रा-स्व-पा-संघिय-निर्वाचन-सम्पादन-समिति-गठन.pdf” title=”रा स्व पा संघिय निर्वाचन सम्पादन समिति गठन”]