१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्ट आचरणका कर्मचारीलाई कारवाही हुन्छ : आइजीपी खनाल



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताउनुभएको छ ।

१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा आयोजित कार्यक्रममा खनालले यस्तो बताउनुभएको हो । संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउनुहुँदै खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिनुभयो । खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको समेत जानकारी दिनुभयो ।

आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको उहाँले बताउनुभयो । खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाईहरुको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफु सधै तयार रहेको उहाँले बताउनुभयो ।

१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।