२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा . संगिता सिंह भण्डारीसहित १९ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले प्रतिष्ठानको सीटी स्केन मसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपाने जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिष्ठानमा खरिद गरिएको सीटी स्केन मसिन निर्धारित शर्त तथा मापदण्ड बमोजिम नरहेको अख्तियारले जनाएको छ।

अख्यितारले तोकिएको मापदण्डभन्दा कमसल किसिमको मेसिन खरिद गरेर सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा हानिनोक्सानी दाबी गरेको छ ।

आयोगले तत्कालीन उपकुलपति भण्डारीसँगै १९ जना र मेसिन आपूर्तिकर्ता हिमालयन मेडिकेट प्रालिबाट सोही बराबरको विगो असुल उपर गर्न मागदाबी गरेको छ।

अख्तियारले पूर्वउपकुलपति भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कायममुकायम रजिस्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाददेव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बीसी, तत्कालीन बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आषुतोश भण्डारीविरुद्ध मुद्दा दायर गरेको छ।

मुद्दाका प्रतिवादीहरू-

तत्कालीन उपकूलपति प्रा.डा . संगिता सिंह भण्डारी

का.मु. रजिष्ट्रार कैलाश प्रसाद देव,

निर्देशक डा. सागर पन्थी,

रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी.,

बायोमेडिकल इन्जिनियर शरद भण्डारी,

बायोमेडिकल इन्जिनियर आशुतोष भण्डारी,

कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी,

लेक्चरर डा. श्रीसिया पोखरेल,

शाखा अधिकृतहरू झन्कार लामिछाने,

लीला कुमारी देवकोटा,

मेघबहादुर अधिकारी,

आइटी अफिसर हिरालाल भण्डारी,

लेखा अधिकृत राजीव बस्नेत,

फार्मेसी सुपरभाइजर कृष्ण प्रसाद जोशी,

स्टाफ नर्स बिन्दु पौडेल,

फिजियोथेरापिष्ट पूजा ठाकुर,

कम्प्यूटर असिस्टेन्ट सतिशबहादुर शाह,

हिमालयन मेडिटेक प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकार।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/01/MbHtFP.pdf”]

 




भर्खरै