१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै



अ+ अ-

काठमाडौँ, १७ माघ : काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो ।

बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सबइन्जिनियर दीपकबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । त्यसका लागि रु ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

त्यसैगरी, बबरमहल भएर बग्ने धोवीखोला किनारको रोजबड स्कूल नजिक पनि रु दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने जानकारी उहाँले दिनुभयो । आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।रासस