२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका राउतलाई प्रहरीले पक्राउ नगर्ने



अ+ अ-

काठमाडौं । गायिका आस्था राउतलाई नेपाल आए लगत्तै प्रहरीले पक्राउ नगर्ने भएको छ । आस्था नेपाल फर्किए लगत्तै कार्यालयमा हाजिर गराउन परिवार सहमत भएपछि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको हो।आस्था कार्यक्रममा सहभागी हुन नेपाल बाहिर छिन्। उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिए पनि परिवारले आफै कार्यालयमा ल्याउने वचन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारी पक्राउ नगरी पहिला छलफल गर्ने निष्कर्षमा पुगेका हुन्।

‘उनको परिवारले कार्यालयमा ल्याउँछु भन्नुभएको छ,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, ‘कार्यालयमा आएपछि छलफलपछि आवश्यक प्रक्रिया अगाडि बढाउँछौ।’ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच विवाद भएपछि प्रहरीले उनलाई दुर्व्यवहारको आरोपमा कारवाही अगाडि बढाउने तयारी गरेको हो। दुर्व्यवहारमा पक्राउको तयारीबारे आलोचना बढेपछि प्रहरी प्रारम्भमा छलफलबाट समाधान निकाल्ने तयारीमा लागेको छ। गत १ माघमा विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका राउत प्रहरी जवान रमिता श्रेष्ठबीच वि’वाद भएको थियो ।

राउतले आफुलाई दु’व्र्यवहार भएको भनेर फेसबुकमा राखेपछि प्रहरीले सिसिटिभी फुटेज सार्वजनिक ग¥यो । जसमा गायिका राउतले चे’किङमा असहयोग गरेको देखिन्छ ।गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीको आ’लोचना गरेपछि जवान श्रेष्ठलाई उजुरी हाल्न लगाएर पक्राउ पूर्जी जारी गराएको थियो । सामान्य विषयमा प्रहरीले फौ’जदारी मु’द्दा चलाउन लागेको भन्दै प्रहरीको आ’लोचना भएको थियो । कलाकारहरु समेत प्रहरीको वि’रुद्धमा उ’त्रिएका थिए । त्यसपछि प्रहरी सहमतितर्फ अघि बढेको हो । प्रहरीमा जाहेरी दर्ता भएपनि सरकारी वकिलले मुद्’दा नचलाउने निर्णय गर्न सक्ने प्रा’वधान छ ।

यो घटना मेट्रोको ने’तृत्व क्ष’मतासँग जो’डिएको एक प्रहरी अधिकारी बताउँछन् । ‘यो विषय पहिले नै मि’लापत्र भइसक्नुपर्ने कुरा हो,’ एक प्रहरी अधिकारी भन्छन्,‘हाकिमहरु सिपाहीको हि’तमा रहेको देखाउन खोज्दा प्रहरी झन् वि’वादमा फस्यो, ने’तृत्वले सही निर्णय गर्न नसक्दाको प’रिणाम हो यो ।’ प्रहरीलाई आलोचना गर्नेलाई का’रबाही गरेर नभई सेवा सुविधा बढाएर सिपाहीहरुको म’नोबल बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।