१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ भारतीयको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन



अ+ अ-

काठमाडौं । पर्यटन विभागले मंगलबार दामनको एक रिसोर्टमा आठ जना भारतीयको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ। विभागको होटल शाखाले बुधबार सूचना जारी गर्दै घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

‘घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली समिति गठन गरिएको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ। समितिमा विभागको होटल शाखाका निर्देशक संयोजक रहनेछन्।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र होटल संघ नेपालका एक-एक प्रतिनिधि, पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहनेछन् भने समितिका सदस्य सचिव होटल शाखाका शाखा अधिकृत रहेका छन्।