२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत खपतको एजेण्डा अब दलहरुले लिनुपर्छः इप्पान अध्यक्ष कार्की



अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादन बढ्दै गएपनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रमा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताउनु भयो । दलहरुले उत्पादित विद्युत निर्यात, खपत तथा व्यपारमा भएका नीतिलाई सुधार गर्ने प्रतिवद्धता गर्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ ।

अध्यक्ष कार्कीले भन्नुभयो–‘विद्युत उत्पादन मात्र गरेर हुँदैन खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत नेपाल विद्युत किनिदेने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुप¥यो । निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुप¥र्या । निजी क्षेत्रको सुरक्षाका लागि नीति बनाउनुप¥यो ।’
कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ले युवा शक्तिलाई नेपालमै राख्नका लागि पार्ट टाइम जबको व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकमा आयात चुलिएको बताउँदै कृषिलाई दलहरुले प्राथमिकतामा राखेर कुनैपनि जमिन बाँजो नराख्ने नीति दलहरुले लिनुपर्ने बताउनु भयो ।
पूर्वअध्यक्ष मल्लले भन्नुभयो–‘भारतले २ सय बिलियन आइटी निर्यात गरिरहेको बताउँदै आइटी गाउँसम्म पढाउने नीति अब लिनुपर्छ । वनजंगल क्षेत्र सदुपयोग नभएको बताउँदै काठहरु आयात गर्नुपर्ने अवस्था अन्त्य गर्ने नीति दलहरुले लिनुपर्छ ।’ 

उहाँकाअनुसार गाँजालाई औद्योगिक प्रयोजनका लागि सहज बनाउनुपर्छ भने अब सरकारी सेवामा चुस्तदुरुस्त हुनुपर्नेमा समेत जोड दिनुभयो ।

 




भर्खरै