१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगीको आरोपमा दुई जना पक्राउ



अ+ अ-

गण्डकी। रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–१९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका घर भई हाल पोखरा बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पौडेलले आफू कानुन व्यवसायी रहेको र पोल्याण्डमा श्रीमानले सञ्चालन गरेको होटलमा कामदारका रुपमा लैजाने भन्दै ११ जनालाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रु दस हजारदेखि रु दुई लाखसम्म गरी कूल १४ लाख ६० हजार ठगी गरेको जाहेरी प्रहरीमा परेको थियो ।

दुवै जनामाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ बस्नेतले बताउनुभयो । रासस