१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा



अ+ अ-

बनियानी। कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा भएको छ ।

भद्रपुर क्रिकेट क्लबको आयोजनामा बुधबारदेखि २९ गतेसम्म झापाको भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक गौरब सुब्बा (मनोज)ले जानकारी दिनुभयो ।

मैदान व्यवस्थापन, पिचको स्तरीकरण, खेल तालिका, सुरक्षा व्यवस्था, अम्पायरिङ, स्वास्थ्य सेवा, खेलाडीको आवास तथा यातायात व्यवस्थापनलगायत खेलका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उहाँले बताउनुभयो ।

यहाँ कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दाताहरूको सहयोगमा करिब रु ६० लाखको लागतमा पिच निर्माण गरी स्तरीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडौँ र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहनेछ भने भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम (गोहाटी), ग्लोबल स्टार क्रिकेट क्बल लखनउ, क्रिकेट कोचिङ उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताका लागि करिब रु एक करोड २० लाख खर्च हुने आयोजक भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले नगद रु पाँच लाख, उपविजेताले रु तीन लाख पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद रु ११ हजार ट्रफी, उत्कृष्ट बलर र ब्याट्स म्यानले नगद रु २५÷२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद रु ११ हजार तथा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी मेन अफ दि सिरिजलाई नगद रु ५१ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले प्रतियोगितामा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस