१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय आर्थिक गणनाका लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक’



अ+ अ-

काठमाडौँ। सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।

उद्योगी व्यवसायीहरुसँग गरिएको अन्तक्र्रियामा सहभागी उद्योगी व्यवसायीहरुले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए । नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागेको हो ।

अन्तक्र्रियामा  महासङ्घका उपाध्यक्ष हेमराज ढकालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको अवस्था, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताउँदै नीति निर्माणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रको सक्रिय सहभागिता बिना गणना सफल हुन नसक्ने बताउँदै आवश्यक सहयोग र सहकार्यका लागि महासङ्घ तयार रहेको बताउनुभयो ।

तथ्याङ्क कार्यालयका सहसचिव ढुण्डिराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ ले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रको विस्तृत तथ्याङ्क सङ्कलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणना आगामी वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गर्न लागेको हो । कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक डा वेदप्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना २०८२ को आवश्यकता, उद्देश्य र यसको महत्वबारे प्रस्तुतिकरण गर्नुभएको थियो । रासस