१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षयरोग अस्पताल सञ्चालन गर्नेबारे बृहत् छलफल



अ+ अ-

भक्तपुर। क्षयरोगका बिरामीलाई अन्तरङ्ग सेवा सञ्चालन गर्ने लक्ष्यका साथ १०० शय्याको अस्पताल भवन निर्माण भए पनि सेवा सञ्चालनमा ल्याउन नसकिएका विषयमा आज यहाँ बृहत् छलफल गरिएको छ ।

सो छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सो सम्बन्धमा सङ्घीय सरकारसँग पनि समन्वय तथा पहल गर्ने बताउनुभयो ।

मध्यपुरथिमिस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै उहाँले चार वर्ष अगाडि नै अस्पताल सञ्चालनका लागि भवन निर्माण सम्पन्न भएपनि सेवा सञ्चालन हुन नसक्नु दुःखद् भएको बताउनुभयो ।

राष्ट्रिय क्षयरोग केन्द्रका कार्यकारी निर्देशक डा भुवन पौडेलसहितको उपस्थितिमा भएको छलफलमा मन्त्री मगरले अस्पतालले तत्काल अन्तरङ्ग सेवा सञ्चालन गरी क्षयरोगका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचारको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “क्षयरोग केन्द्रमा यति भव्य, राम्रो भवन बनेको छ, यो भवन निर्माणका लागि बजेट व्यबस्थापन गर्न हामीले धेरै पहल ग¥यौँ, १०० शय्याको अस्पताल सञ्चालन गर्नकै लागि भवन बन्यो तर सेवा सञ्चालन नहुँदा एकातिर बिरामीले उपचार पाउन सकेनन्, अर्कोतर्फ भवन अलपत्रजस्तो हुन पुग्यो । म सेवा सञ्चालनमा ल्याउन तत्काल सङ्घीय स्वास्थ्य मन्त्रीसँग छलफल गर्नेछु ।”

केन्द्रका कार्यकारी निर्देशक पौडेलले केन्द्रको अवस्था, सेवा प्रवाहलगायत देशभर सञ्चालनमा रहेको क्षयरोग नियन्त्रणका प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो । रासस