१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छन्त्याल भाषा, कला र संस्कृति संरक्षणका लागि कोष स्थापना



अ+ अ-

म्याग्द।  नेपालका अल्पसङ्ख्यक छन्त्याल जातिले आफ्नो भाषा, कला र संस्कृति संरक्षणका लागि रु एक करोड ५० लाखभन्दा बढी रकम सङ्कलन गरेर कोष स्थापना गरेका छन् । नेपाल छन्त्याल सङ्घका संस्थापक अध्यक्ष दिलबहादुर छन्त्यालको स्मृतिमा ‘छन्त्याल सर्वमान्य कोष’ स्थापना गरेका हुन् ।

छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको कोषमा रु एक करोड ५१ लाख ३६ हजार ७१० जम्मा भएको कोषका नवनिर्वाचित अध्यक्ष दीपप्रसाद छन्त्यालले जानकारी दिनुभयो । “कोषको मूलधन नमासिने र ब्याजबाट छन्त्याल समुदायको भाषा, कला र संस्कृति संरक्षणमा परिचालन गरिनेछ”, उहाँले भन्नुभयो, “कोषको रकम रु एक करोड ५० लाख बनाउने उद्देश्य राखिएको छ ।”

देशविदेशमा रहेका ८८ जना छन्त्याल दाजुभाइ तथा दिदीबहिनीबाट न्यूनतम रु ११ हजार २३२ देखि अधिकतम रु २० लाख सहयोग प्राप्त भएको अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । विसं २०७८ को जनगणनाअनुसार नेपालमा छन्त्याल जातिको कूल जनसङ्ख्या ११ हजार ९६३ जना छन् ।

म्याग्दी, बागलुङ र कास्कीमा छन्त्यालको मुख्य बसोबास छ । खानी खन्ने छन्त्यालको पुख्र्यौली पेसा हो । खानी खन्ने क्रममा खानी भएको ठाउँ नजिकै छन्त्याल समुदायले बस्ती बसाएको इतिहास छ । तामा, फलाम, स्लेट खानी भएको ठाउँ नजिकै छन्त्याल समुदायको बसोबास छ ।

छन्त्याल समुदायको आफ्नै भाषा भए पनि लिपि नहँुदा लोप हुने अवस्थामा छ । अन्य समुदायको तुलनामा फरक संस्कार, रहनसहन र जीवनशैली अपनाउने गरेका छन् । छन्त्याल सर्वमान्य कोषको सोमबार सम्पन्न १०औँ अधिवेशनबाट दिलप्रसाद छन्त्यालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा मिमप्रसाद छन्त्याल (लाम्मेला), सचिवमा देवमति छन्त्याल (निसी), कोषाध्यक्षमा थममाया छन्त्याल (खुङ्खानी), सहसचिवमा भ्रमबहादुर छन्त्याल (घोषाखानी), सदस्यहरूमा यामबहादुर छन्त्याल (नर्जाखानी), तारादेवी गौचन छन्त्याल (मङ्गलेखानी), लोकशङ्कर छन्त्याल (बोङखानी) र नरकुमारी छन्त्याल (घैयाखानी) चयन हुनुभएको नेपाल छन्त्याल सङ्घका पूर्वअध्यक्ष एवं निर्वाचन समितिका संयोजक इन्द्रजीत छन्त्यालले जानकारी दिनुभयो । रासस