८ असार २०८३, सोमबार
,
Latest
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा हटाइएका राखेपका पाँच सदस्य उच्च अदालत पाटनबाट पुनर्वहाली



अ+ अ-

काठमाडौं । सरकारबाट बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का पाँचजना सदस्य अदालतको अन्तरिम आदेशबाट पुनर्वहाली भएका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका परिषद सदस्यहरु सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटलाई युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हटाइएको थियो ।

आफूहरुलाई हटाउने निर्णय गैरकानूनी भएको भन्दै हटाइएका ८ जनामध्ये ५ जनाले उच्च अदालत पाटनको सहारा लिएका थिए । 

 उच्च अदालतका न्यायाधीश खुशीप्रसाद थारु र विमल सुवेदीको संयुक्त इजलासले मंगलवार उनीहरुलाई हटाउने निर्णय कार्यन्वयन नगरी यथास्थितिममा राख्न  अन्तरिम आदेश दिएको हो ।

सो आदेशसँगै परिषदका पाँचजना सदस्यहरु आजै राखेपमा पुनर्वहालीका लागि जाने भएका छन् । 

यसअघि सदस्य सचिवबाट हटाइएका रमेश सिलवालको मुद्दामा पनि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।