२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय



अ+ अ-

काठमाडौं । संस्थागत विद्यालयहरुको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।

श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ ।

ब्याडमिन्टन र एथलेटिकसमा एक खेल एक विधाका आधारमा ब्वाइज/गल्र्स सिंगल्स र मिक्स डबल्समा खेल हुने छ । भलिबलमा ब्वाइज/गल्र्स, एथलेटिक्समा ब्वाइज/गल्र्सको हाइजम्प, लङजम्प, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १०० मिटर रिलेमा खेल हुने छ । ओप्सका ईसीए इन्चार्ज तथा श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालले फुटबलमा १६ ब्वाइज टिमको सहभागिता रहने छ । फुटबल श्रृजना ज्ञान सागरले आयोजना गर्ने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ रहेको छ । फुटबल र एथलेटक्स गोलढुंगा खेल मैदान, ब्याडमिन्टन मनमैजुको जि फोर हल तथा भलिबल तार्केश्वरको पैयाटारमा हुने छ । पत्रकार सम्मेलनमा एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुन, कौशलका प्रिन्सिपल एवं ओप्सका सचिव शिव अर्याललगायतको उपस्थिति थियो । प्रतियोगिता माघ १४ गते सम्पन्न हुने छ ।