२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार निर्वाचन सार्ने बहाना खोज्दैछः एमाले उपाध्यक्ष थापा



अ+ अ-

एजेन्सी । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाउनुभएको छ ।

बुधवार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले यस्तो आरोप लगाउनुभएको हो ।

उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावनालाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएको भन्दै सरकार निर्वाचन नगराउने दिशामा अघि बढिरहेको आरोप लगाउनुभएको हो । उपाध्यक्ष थापाले निर्वाचन सार्न खोजिनु लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको दाबी गर्दै वर्तमान सरकार अवैध र प्रायोजित ढंगबाट गठन भएको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार निर्वाचन सार्ने बाहाना खोज्दैछ । प्रधानमन्त्रीले नै हिमाली जिल्लामा हिमपात भयो भने निर्वाचन सर्नसक्छ अथवा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेकुरा गर्नुभएको छ । यसले के देखाउँछ भन्दा अहिलेको सरकार नगराउने दिशामा अघि बढिरहेको देखिन्छ । हाम्रो पार्टीले त फागुनमा चुनाव हुन सक्दैन भनेर भनिरहेकै थियौँ । अहिले आएर सरकार नै २१ फागुनमा निर्वाचन गराउन गइरहेको छैन । चुनाव सार्न बहाना खोज्दैछ । यो अवैध र प्रायोजित ढंगबाट गठन गरिएको सरकार हो ।’

सरकार मुलुकका प्रमुख राजनीतिक शक्तिहरुलाई समाप्त पार्दै देश जलाउनेहरुलाई स्थापित गर्न लागिरहेको आरोप पनि लगाउनु भयो ।




भर्खरै