१४ असार २०८३, आईतवार
,
Latest
अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईसँगको वार्ता सुरु, रुस–युक्रेन पूर्वी डोनवासबारे दुवै पक्षको अडान कायमै



अ+ अ-

अबु धाबी। अबु धाबीमा दुई पक्षबीच वार्ता सुरु भएपछि मस्कोले बुधबार किएभलाई चार वर्षे युद्ध अन्त्य गर्ने सर्तहरू स्वीकार गर्न माग गर्दै अन्यथा आफ्नो आक्रमणलाई अगाडि बढाउने वाचा गरेको छ।

अमेरिकी मध्यस्थतामा भएको कूटनीतिक श्रृङ्खला अन्तर्गत यो वार्ताको पछिल्लो चरण हो । रूसले सन् २०२२ फेब्रुअरीदेखि सुरु गरेको आक्रमणपछि जारी युद्ध रोक्नको लागि अहिलेसम्म सम्झौता हुन सकेको छैन ।

यो युद्ध दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्वमा परिणत भएको छ, युद्धका कारण दुवै पक्षका गरी हजारौँ व्यक्ति मारिएका छन् । लाखौँ युक्रेनी आफ्नो घर छोड्न बाध्य भएका छन् र पूर्वी र दक्षिणी युक्रेनको धेरै भाग ध्वस्त भएको छ।

क्रेमलिनको कडा वक्तव्यबाजीका साथै वार्ताको क्रममा विशाल रूसी ड्रोन र मिसाइल ब्यारेज, युक्रेनको ऊर्जा ग्रिडमा प्रहार भएपछि युक्रेनीहरू न्यूनतम तापक्रममा बिजुलीविहीन बन्नुपरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताका क्रममा पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो, “हाम्रो अडान सर्वविदितै छ ।”

“जबसम्म किएभ प्रशासनले उचित निर्णय गर्दैन, विशेष सैन्य अभियान जारी रहन्छ,” उहाँले आक्रमणको चेतावनीको लागि रूसी भाष्य प्रयोग गर्नुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार भन्नुभएको थियो, “ किएभको ऊर्जा प्रणालीमा रूसले गरेको आक्रमणले ‘मस्कोको मनोवृत्ति परिवर्तन भएको पुष्टि गर्दछः उनीहरूले युद्ध र युक्रेनको विनाशमा बाजी जारी राखेका छन्, र उनीहरूले कूटनीतिलाई गम्भीरतापूर्वक लिँदैनन्।”

उहाँले भन्नुभयो, “हाम्रो वार्ता टोलीको काम योजनामुताविक नै मिलाइनेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वा महत्वपूर्ण ऊर्जा प्रशोधन केन्द्रमा आक्रमण नगर्ने एक हप्ता लामो प्रतिबद्धता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूरा गरेको बताउनुभएको छ।

पुटिनले समय नलम्ब्याएकोमा के उहाँ निराश हुनुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले पुटिनलाई सङ्केत गर्दै भन्नुभयो, “म चाहन्छु उहाँले युद्ध अन्त्य गर्नुहुनेछ ।”

द्वन्द्व समाधान गर्न वार्ताको मुख्य मुख्य बिन्दु पूर्वी युक्रेनको क्षेत्र डोनबासको दीर्घकालीन भाग्य हो।

मस्कोले कुनै पनि सम्झौताको पूर्वसर्तका रूपमा किएभलाई डोनबासको क्षेत्रबाट आफ्ना सेनाहरू फिर्ता गर्न माग गरिरहेको छ, जसमा विशाल प्राकृतिक स्रोतहरूमा भारी किल्ला भएका शहरहरू पनि समावेश छन्।

रूसले आक्रमणमा जफत गरिएको भूमि रूसको भएको पुष्टि गर्न अन्तर्राष्ट्रिय मान्यता चाहन्छ ।

किएभले वर्तमान फ्रन्ट लाइनमा द्वन्द्व रोक्नु पर्ने बताएको छ र सेनाको एकपक्षीय फिर्तीलाई अस्वीकार गरेको छ।

विविध विवाद र चुनौतीबचि युक्रेनका शीर्ष वार्ताकार रुस्तम उमेरोभले बुधबार वार्ता त्रिपक्षीय ढाँचामा सुरु भएको पुष्टि गर्नुभयो । (रासस/एएफपी)