१४ असार २०८३, आईतवार
,
Latest
अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर पहिचानका लागि लहान नगरपालिका र क्यान्सर केयर सेन्टरबीच सम्झौता



अ+ अ-

सिरहा। क्यान्सर रोगको समयमै पहिचान र उपचारका लागि लहान नगरपालिकाले लहान क्यान्सर केयर सेन्टरसँग औपचारिक सम्झौता गरेको छ ।

विश्व क्यान्सर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त अभियानको घोषणा गर्नुभएको हो । सम्झौता अनुसार लहान नगरपालिकाको २४ वटै वडामा गाउँगाउँ पुगेर क्यान्सर पहिचानसम्बन्धी शिविर सञ्चालन गरिनेछ ।

ती शिविरमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, निःशुल्क उपचार तथा आवश्यक परे थप उपचारका लागि समन्वय गरिने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । यसका लागि आवश्यक बजेटसमेत नगरपालिकाले व्यवस्था गरिसकेको छ ।

नगरप्रमुख चौधरीले भन्नुभयो, “क्यान्सर जस्तो गम्भीर रोग समयमै पहिचान भए उपचार सम्भव हुन्छ । त्यसैले नगरका सबै वडामा पुगेर निःशुल्क शिविरमार्फत सेवा दिने लक्ष्य राखेका छौँ । करिब एक हजार जनालाई यो सेवा उपलब्ध गराउने हाम्रो योजना छ ।” कार्यक्रममा लहान क्यान्सर केयर सेन्टरका प्रमुख अशेकलाल अमात्यले आगामी फागुन ७ गतेदेखि वडा नं ७ बाट क्यान्सर पहिचान अभियान सुरु गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार लहान क्यान्सर केयर सेन्टरले यसअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पताल, झापा र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरी निरन्तर सेवा प्रदान गर्दै आएको छ । त्यसका साथै मागअनुसार समुदायस्तरमा, विद्यालय तथा क्याम्पसमा क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

केयर सेन्टरले प्रत्येक महिनाको अन्तिम बुधबार विशेषज्ञ चिकित्सकमार्फत क्यान्सर सम्भावित व्यक्तिको स्क्रिनिङ गर्ने, साथै महिलामा हुने पाठेघरको क्यान्सरसम्बन्धी ‘प्यापीलोमा परीक्षण’ दैनिक रूपमा गर्दै आएको पनि जनाएको छ ।

विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिस क्यान्सरका कारण मर्ने गरेका छन् । रासस