काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन पुगेका छन् ।
चितवन २ बाट रास्वपा उम्मेदवार समेत रहेका लामिछाने खुट्टाको चोटका कारण जहाजबाट चितवन गएका हुन् ।
पत्नी निकिताले रविलाई एम्बुलेन्समा राखेर जहाजसम्म लगेकी थिईन् । चिकित्कसहरुले उनलाई चुनावी प्रचारका लागि तत्काल बाहिर निस्किन नमिल्ने सुझाव दिएपछि रविले आफ्नो निवासमै भेटघाटहरु गर्ने तयारी गरेका छन् ।

तस्बिरहरुः प्रमोद न्यौपाने











