१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका राउतविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी हुने



अ+ अ-

काठमाडौं । प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा राउतले गत बुधबार महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

मुद्दा दर्ता भएसंगै अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुने परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । प्रमुख जिल्ला अधिकारीले गायिका राउतलाई अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न वा एक वर्षसम्म जेल सजायको व्यवस्था गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले बताए ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । प्रहरी अधिकारीका अनुसार आस्था भारतमै रहेको बताइएको छ ।