२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न विज्ञापन बोर्डको आग्रह



अ+ अ-

काठमाडौं । विज्ञापन बोर्डले प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका क्रममा उम्मेदवार तथा राजनीतिक दलहरूलाई भ्रामक, भ्रम फैलाउने वा होच्याउने खालका विज्ञापन सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ।

बोर्डले एक विज्ञप्ति जारी गर्दे सामाजिक सञ्जालसहित विभिन्न माध्यममार्फत राजनीतिक दल, उम्मेदवार, नेता वा कार्यकर्तालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बदनाम गर्ने सामग्री प्रसारण भइरहेको भन्दै यस्ता गुनासाहरू बोर्डसम्म आइरहेको उल्लेख गरिएको छ।

निर्वाचन अवधिमा प्रसारण हुने विज्ञापनलाई व्यवस्थित बनाउन निर्वाचन आयोग र विज्ञापन बोर्डबिच अनुगमन, नियमन, छानबिन तथा कारबाहीसम्बन्धी सहकार्य भएको जानकारी दिँदै बोर्डले हाल सक्रिय रूपमा विज्ञापनको निगरानी गरिरहेको जनाएको छ।

विज्ञप्तिमा मतदातालाई भ्रममा पार्ने, अपमानजनक वा भ्रामक श्रव्य तथा दृश्य सामग्री प्रयोग गरी प्रभाव पार्ने प्रयासहरूलाई बोर्डले सूक्ष्म रूपमा अध्ययन गरिरहेको उल्लेख छ। यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने बोर्डको ठहर छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, सम्बन्धित नियमावली, निर्वाचन आचारसंहिता, २०८२ तथा विज्ञापन उत्पादन, वितरण, प्रकाशन र प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ विपरीतका गतिविधि फेला परेमा कानुनअनुसार कारबाही गरिने चेतावनी बोर्डले दिएको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/02/E0-A4-B5-E0-A4-BF-E0-A4-9C-480710259.pdf” title=”–E0-A4-B5-E0-A4-BF-E0-A4-9C-480710259″]