१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुन: सञ्चालनमा



अ+ अ-

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो । सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाको पहलमा पुनः सेवा शुरु गरिएको स्थानीय सेते तिलिजाले जानकारी दिए।

अनिच्छितरुपमा रहेको १२ हप्तासम्मको गर्भपतन गर्न पाउने सुविधा छ । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार पुनको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा आइपास नेपालकी जिल्ला संयोजक थमकुमारी कुँवरले गर्भपतनसम्बन्धी कानूनी प्रावधानको बारेमा जानकारी गराएका थिए । स्वास्थ्यचौकीका प्रमुख तुलबहादुर रन्तिजा र डिलकुमारी पाइजाले सेवाको बारेमा बताउनुभएको थियो ।