२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धन दौलत जम्मा गरेर पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँः माधव सापकोटा



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिनुभयो । नेता सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताउनु भयो । विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू’ र आफूहरु एउटै नभएको बताउनु भयो । उहाँले नयाँ उम्मेदवारहरूलाई कुन सरकारी कार्यालय कहाँ पर्छन् भन्ने आधारभुत जानकारी समेत नभएको भन्दै उनीहरूका कुरा हाँस्यास्पद रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज एउटा भाष्य के बनाइँदैछ भने सबै पार्टीहरु र सबै उम्मेदवार उस्तै उस्तै हुन् भन्ने भाष्य सिर्जना गर्न खोजिँदैछ । सबैलाई दिनको एउटा पोस्ट लेखेर यसलाई गम्भीरतापूर्वक खण्डन गरौँ । सबै उस्तै हुँदैनन् र होइनौँ । मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर, पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरु र हामी एउटै होइनौँ । कुन वटा कार्यालय कहाँ पर्छ भन्ने जानकारी थाहा नहुनेले के गर्छन् ? यस्तो हाँस्यास्पद कुरा गर्ने र हामीलाई तुलना गरे भने यो कुरा न्यायसंगत हुँदैन । सबै उस्तै हुन् र उस्तै उस्तै हुन् भन्ने भाष्य सिर्जना गरिएको छ । पहिला पहिला रेडियो नेपालमा हात्तीछाप चप्पल र हात्ती कुन बलियो भनेर विज्ञापनमा बोलेको जस्तो कुरा हो । हात्तीछाप चप्पल र हात्ती उस्तै होइन । हामीले जनतालाई यसबारे बुझाउन जरुरी छ । जोड जोडले ठूलो स्वरले सुन्ने गरीकन भन्नुपर्छ । पार्टीका तर्फबाट गल्ती कमजोर भएका छन् । सबैभन्दा पहिला जनतासँग गएर आत्मालोचना गरेर रुपान्तरणका लागि  तयार हुने पार्टी पनि हामी नै हौँ । ’

पार्टीका तर्फबाट भएका विगतका कमजोरीहरू स्वीकार गर्दै सापकोटाले जनतामाझ गएर आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताउनु भयो । उहाँले कार्यकर्तालाई प्रत्येक दिन एउटा पोस्ट लेखेर विरोधी भाष्यको गम्भीरतापूर्वक खण्डन गर्न आह्वान समेत गर्नुभएको छ ।