१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव, बजारमा कर्फ्यु नै जारी



अ+ अ-

सिन्धुपाल्चोक । बाह्बिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयले स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान एक बिज्ञप्ति प्रकाशन गदै र्कफयु लगाएको जानकारी दिइएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्धारा हस्तक्षरित कफ्र्यु आदेशमा आइतबा विहान बिहान ८ः०० बजेदेखि बेलुकी ५ बजेसम्म र्कफयु लगाइएको जानकारी गराइएको छ ।

हुलदंगा र अशान्ति हुन सक्ने संभावना देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ३(क) बमोजिम र्कफयु लगाइएको प्रजिअ चेम्जोङले जानकारी दिएको छ । बाह्बिसे बजारदेखि पूर्वदिशा ३ सय मिटर, पश्च्यिम दिशा र्तफ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्बिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म र्कफयु लगाइएको जानकारी दिइएको छ ।

टहरा हटाइएको बिषयमा असन्तृष्ट पक्षले शनिबार बाह्बिसे नगरपालिकाको कार्यालयमा प्रर्दशन र नाराबाजी गरेका थिए । उनीहरुले आइतबार बिहान ९ बजे नपाको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम राखेका थिए । स्थानीयबासी हेमन्त श्रेष्ठले नगरपालिकाले बिना मापदण्ड र पक्षपाती ढंगले टहरा हटाएको कारण प्रर्दशन गर्नु परेको गुनासो गरेका छन् ।