१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थालमा गायिका राउतमाथी खास के भएको थियो ? हेरौ १० तस्बिर



अ+ अ-

काठमाडौं । केहि दिन यता समाजिक सञ्जालमा गायिका आस्था राउतको निकै चर्चा भईरहेको छ । महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमा आक्रोशित भिडियो अपलोड गरेकी थिईन ।

भिडियोमा त्रिभुवन अन्तराष्टिय विमान स्थालको आन्तरीक विमानस्थल तर्फको सुरक्षा जाँचमा खटिएकी महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको गायिका राउतले आरोप लगाएकी छिन् । आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको भन्दै एअरपोर्टबाट बाहिरिएपछि राउतले प्रहरी प्रशासनमाथि आक्रोश पोख्दै फेसबुक लाइभमा भनिन्, ‘एअरपोर्टबाट ३३ किलो सुन छिर्छ, दुनियाँ छिर्छ, लागुऔषध छिर्छ । कसैलाई खोल् ज्याकेट भन्ने हो ? राम्रोसँग भन्न सकिँदैन ?’

‘ठूला ठूला पदमा भएकाले ‘हजूर’ भन्ने अनि अरुले चाहिँ ‘तँ’ भन्न मिल्छ ? जबसम्म तलकाले राम्रो व्यवहार गर्दैनन्, तबसम्म माथिकाले ‘हजूर भनेर के काम ?’ भन्दै गायिका राउतले प्रश्न गरेकी छन् ।

यता महिला प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा गायिका राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिनुभएको छ ।

हेरौ त्रिभुवन अन्तराष्टिय विमान स्थालमा खास भएको के थियो ? यी १० तस्बिर