२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : आर्सनलद्वारा सन्डरल्यान्डको पोस्टमा तीन गोल



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको आर्सनलले सन्डरल्यान्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै आर्सनलले लिगको शीर्ष स्थानलाई अझ मजबूत बनाएको छ । पछिल्लो अंक तालिकामा आर्सनल २५ खेलबाट ५६ अंक सहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ४७ अंक मात्र छ ।

लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा पहिलो हाफमा सन्डरल्यान्डले डिफेन्ड र आक्रमण राम्रै गरेर खेललाई प्रतिस्पर्धात्मक बनाएको थियो । तर ४२औं मिनेटमा आर्सनलका मार्टिन जुबेमेन्डीले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलपोस्टको बायाँ पोलमा लाग्दै जाली जुमेको थियो ।

यो पनि पढौं: म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित

त्यसपछिका दुई गोल दोस्रो हाफमा भिक्टर ग्योकेरेसले गरेका थिए । उनले टिमका लागि ६६औं र ९४औं मिनेटमा गोल गरेर टिमको जित सुनिश्चित गरे ।

यस सिजन राम्रै खेल प्रदर्शन गरिरहेको सन्डरल्यान्ड हारपछि पनि ३६ अंकका साथ लिगमा नवौं स्थानमा छ ।

चेल्सीद्वारा उल्भ्स ३–१ गोल अन्तरले पराजित

प्रिमियर लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको चेल्सीले गएरातिको खेलमा रेलिगेसनको सङ्घारमा पुगेको उल्भ्सलाई ३–१ गोलले पराजित गरेको छ ।

चेल्सीका लागि फर्वार्ड कोल पाल्मरले ह्याट्रिक गरेका थिए । उनले १३औं र ३५औं मिनेटमा दुई पेनाल्टी तथा ३८औं मिनेटमा गोल गरेर पहिलो हाफमै उल्भ्समाथि विजयको खम्बा गाडेका थिए ।

उल्भ्सका लागि टोलु आरुकोडारेले ५४औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।

जितपछि चेल्सी ४३ अंकका साथ पाँचौं स्थानमा छ भने उल्भ्स ८ अंकका साथ लिगको पुछारमा छ ।

शीर्ष १० टिमको अंक तालिका