२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी सरकारको ‘निप्पन ब्याड्मिन्टन संघ’द्वारा नेपाल ब्याड्मिन्टन संघलाई खेल समाग्री उपलब्ध



अ+ अ-

काठमाडौं । जापानी सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत बुधबार निप्पन ब्याड्मिन्टन संघले नेपाल ब्याड्मिन्टन संघलाई खेल समाग्री उपलब्ध गराएको छ । जापानी राजदुतावासमा एक कार्यक्रमबीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरिहिरो नाकायामाले बुधबार नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याड्मिन्टन र्याकेट उपलब्ध गराए।

स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक्स र पारालम्पिक्स २०२० को प्रवद्र्धन परियोजना हो । यसअन्तर्गत जापान सरकारले सन् २०२० मा टोकियो ओलम्पिक सुरु हुँदा सम्म एक करोडभन्दा बढीलाई खेलमार्फत सहयोग गर्ने लक्ष्य लिएको छ । निप्पन ब्याड्मिन्टन संघले ८० ब्याड्मिन्टन र्याकेट प्रदान गरी नेपालको ब्याड्मिन्टनलाई सहयोग गरेको हो ।

सो अवसरमा नेपालका लागि जापानका राजदुत मासामिची साइगोले नेपाली ब्याड्मिन्टनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । यसैगरी नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याड्मिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिए ।