८ असार २०८३, सोमबार
,
Latest
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आश्वासनपछि शुक्लाफाँट वन्यजन्तु आरक्षण पीडितहरुद्वारा आन्दोलन स्थगित



अ+ अ-

काठमाडौं । लामो समयदेखि आन्दोलित शुक्लाफाँट वन्यजन्तु आरक्षण पीडितहरुले आन्दोलन स्थगित गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आरक्षण पीडित जिल्ला संरक्षण पीडित संघर्ष समिति कञ्चनपुरले आन्दोलन स्थगित गरेको घोषणा गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुहरुको माग एक हप्तामै सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको आरक्षण पीडित जिल्ला संयोजक संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द बताए । 

समितिले आज मात्रै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बालुवाटारमा बुझाएको हो ।  समितिले २०५८ सालमा आरक्षण पीडीतहरुको बसोबासको व्यवस्थापन गर्न, अन्तिम कार्यालदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न, किसानहरुको खोसिएको सम्पत्ति फिर्ता गर्न माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिदै आएको छ । 
 
कार्यक्रममा बोल्दै आरक्षण पीडितलाई सहयोग गर्दै आएका नेपाली कांग्रेसका नेता शोरोमणी ओझाले नेपाल कृषी प्रधान मुलुक भएको भन्दै नेपालमा ९० प्रतिशत किसान रहेको बताए । सुदुरपश्चिम नेपालमा शुक्ला फाँट आरक्षणले किसानहरुलाई पटक–पटक गरेर विस्थापित गराएको बताए । नेता ओझाले २० वर्ष पु्ग्दा समेत किसानहरुले राहत नपाएको गुनासो गर्र्दै भने, ‘अब त २ दशक पनि नाघ्यो, सरकारले जसरी नी उहाँहरुको समस्या सम्बोधन गर्नुपर्छ ।’ अवस्था अत्यन्तै दयनिय बन्दै गएपछि १ हप्ताअघि किसानहरु काठमाडौं छिरेको उनले सुनाए । प्रधानमन्त्रीले किसानहरुको समस्यमा समाधान गर्नेमा आफु विश्वस्त रहेको उनले सुनाए ।

सुदुरपश्चिमका मात्र नभएर राष्ट्रका सबै किसानहरुको समस्या सम्बन्धित सरोकार वालाहरुले गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘किसानहरु भिक माग्न आएका होइनन्, आफ्नै गुमाएको सम्पत्ति फिर्ता मागेका मात्र हुन् । उहाँहरुलाई अरु केही चाहीएको होइन् । अब उहाँहरुको समस्यालाई सरकारले जानोस् ।’ हरेक दलको घोषणा पत्रमा किसानको बारेमा प्रष्ट भएपनि कार्यान्वयनमा शासक देखिएको उनले आरोप लगाए । किसानको अधिकार दिन सकिएन भने सरकार लज्जास्पद हुने उनले जिकिर गरे । 

एमसीसी संशोधन नभएसम्म सम्झौता लागु गर्न आम जनता तयार नरहेको उनले बताए । संघर्ष समितिको सम्पुर्ण विरोधका कार्यक्रम बन्द गर्ने समेत उनले जानकारी दिए । 

त्यस्तै, कार्यक्रममा बोल्दै जिल्ला संयोजक संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले काठमाडौं आएको ७ दिनपछि आरक्षण पीडितहरुको समस्याको सम्बोधन हुने भएपछि आन्दोलन स्थगित गरेको जानकारी दिए ।  वन मन्त्रालयमा गएर आफ्नो समस्या सुनाएको समेत उनले बताए । वन मन्त्रालयले राम्रो किसिमको आस्वासन दिएको उनको भनाई थियो ।  ‘आज प्रधानमन्त्री देउवासँग आधा घन्टा बसेर कुरा भयो, हप्तादिन काठमाडौंमै बस्नोस, तपाईहरुको माग पुरा गर्छु भन्नुभएको छ ।’ उनले भने, ‘सरकार भएको प्रत्याभुत गराओस्, अब रोडमा आगजनी गर्न नपरोस्, टायर बाल्न नपरोस्, हाम्रो समस्यालाई सम्बोधन गरोस् । तालिवान र अफगानस्तानी जस्तो देश नहोस्, यी देशहरुमा जस्तो कृषिको अवस्था नेपालमा सिर्जना नहोस् ।’ उनले आफुहरुको माग सम्बोधन गर्ने क्रममा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए । 

यसैगरी, आरक्षण पीडित हिक्मत शाहीले प्रधानमन्त्री देउवाको आश्वासनले न्याय पाउनेमा आशा बढेको बताए । आफुहरुको मागको विषयमा सम्बोधन गर्ने बताएपछि आफुहरु ढुक्क भएको सुनाए । उनले भने, ‘ पीडा भोगेको २ दशक विताइसकेपछि बालुवाटारले नयाँ आशा दिलाएको छ ।’ विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि आफुहरुको माग राखेको र सबैले सम्बोधन गर्ने आस्वासन दिएको उनले सुनाए ।  उनले ५८ सालमा बुझाइएको प्रतिवेदनको सम्बोधन गर्न सरकारसँग माग गरे । उनले मुहाब्जा नभई जग्गा नै फिर्ता दिन पनि माग गरे । यहि साता भित्र कुनै पनि बार्गेनिङ नगरी समस्याको समाधान गर्न पनि उनले सरकारसँग आग्रह गरे । आरक्षणको कारण २४ सय ७३ परिवारको विचल्ली भएको पनि जानकारी दिए । सरकारले आफुहरुको मागमा अझै ध्यान नदिए सशस्त्र रुपमा विरोधका कार्यक्रम गर्ने पनि उनले चेतावनी दिए । 

आरक्षण पीडित दलबहादुर ऐरले आरक्षणबाट २०५८ सालदेखि आफु पीडित भएको बताए । सरकार धेरै परिवर्तन भएपनि आफुहरुको माग कसैले पुरा नगरेको उनको भनाई थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र किसानहरुको माग सम्बोधन गर्ने बताएपछि आफुहरु ढुक्क भएर बसेको उनले सुनाए ।  

संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले आफुहरु काठमाडौं रहरले भन्दा पनि वाध्यताले आएको बताए । नेपाली कांग्रेसका युवा नेता एनपी साउथको सहयोगमा प्रधानमन्त्री देउवाले आफुहरुको माग सम्बोधन गर्नेमा आफु विश्वस्त भएको उनले आफू बुढो भएपनि छोरा नातिहरुले जग्गा फिर्ता पाएर न्याय पाउने बताए । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएकोले हामी एक हप्ता तटस्थ बस्छौ । एक हप्तापछि सरकारले कस्तो काम गर्छ त्यो अनुसार आफूहरु तयारी अवस्थामा रहन्छौ ।’