१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालद्वारा माघीको शुभकामना



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिदै यस्ता पर्वले सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

“नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।” अध्यक्ष दाहालद्वारा आज जारी सन्देशमा भनिएको छ ।

उनले यस पर्वले समस्त समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।