१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे संक्रान्ति पर्वको अवसरमा भोली सार्वजनिक विदा



अ+ अ-

दमक । मकर संक्रान्ति पर्वको अवसरमा भोली झापाका ३ वटा स्थानीय तहले सार्वजनिक विदा दिने भएको छ। दमक र शिवसताक्षी नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकाले भोली सार्वजनिक विदा दिएको हो ।

दमक नगरपालिकाका प्रशासकिय अधिकृत यज्ञराज निरौलाले हस्ताक्षर गरेर जारी गरेको सार्वजनिक सूचनामा पनि दमक नगरपालिका मातहतका कार्यालयहरु र शैक्षिक संस्थाहरुमा विदा दिइने उल्लेख छ । त्यसैगरी शिवसताक्षी नगरपालिकाले पनि सूचना प्रकाशित गरेर भोली १ गते मकर संक्रान्ती पर्वको अवसरमा सार्वजनिक विदा दिइएको उल्लेख गरेको छ ।

यस्तै गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले हस्ताक्षर गरेर आज सार्वजनिक गर्नुभएको सूचना अनुसार सो गाउँपालिका अन्तर्गतका कार्यालयहरु, सामुदायिक र निजी तथा संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरुमा एक दिनका लागि सार्वजनिक विदा दिइएको छ ।