अ
अ+
अ-
काठमाडौं: शंखरापुर–३ स्थित फेदीको पुल नजिक जहरसिंपौवा यातायात प्रा.लि.को बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्।

आज भएको उक्त दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी साँखुस्थित पिपल्स लाइफ केयर अस्पतालमा उपचारका लागि लगिएको छ। अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको छ भने केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
फोटो- बद्रि चौलागाईको फेसबुकबाट


न्यूजपोलार
२९ माघ २०८२, बिहीबार १४:२८
न्यूजपोलार
२९ माघ २०८२, बिहीबार १४:२८
२९ माघ २०८२, बिहीबार १४:२८











