२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः श्रीलंकाद्वारा ओमान १०५ रनले पराजित



Oman’s Vinayak Shukla, right, run out during the T20 World Cup cricket match between Oman and Sri Lanka in Pallekele, Sri Lanka, Thursday, Feb. 12, 2026. (AP Photo/Eranga Jayawardena)
अ+ अ-

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा घरेलु टोलि श्रीलंकाले ओमानलाई १०५ रनले हराएको छ । यो श्रीलंकाको लगातार दोस्रो जित हो । यसअघि श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको थियो ।

श्रीलंकाले दिएको २२६ रनको विशाल लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्रै बनायो । ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक ४९ रन बनाए । यस्तै, वसीम अलीले २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतरफ श्रीलंकाका दुश्मन्था चमीरा र मथिसा तीक्षणाले दुई–दुई विकेट लिए । दुनिथ वेल्लालागे, दुशन हेमन्था र कामिन्दु मेन्डिसले एक–एक विकेट लिए ।

त्यसअघि पल्लेकेले मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ५ विकेटको क्षतिमा २२५ रन बनाएको थियो । श्रीलंकाका तीन खेलाडीले अर्धशतक बनाएबा थिए । कुशल मेन्डिसले ६१, पवन रत्नायकेले ६० तथा दाशुन शनाकाले ५० रन जोडे । यस्तै, कमिन्दु मेन्डिस १९ रनमा अविजित रहँदा पथुम निसान्काले १३ रन जोडे ।

बलिङतर्फ ओमानका जितेन रमानन्दीले दुई तथा सुफ्यान मेहमुद र जय ओडेराले एक–एक विकेट लिए ।