काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरू भेला भएका छन् ।
शाहलाई र्यालीसहित विमानस्थलबाट निर्मल निवास लग्ने तयारीसहित राजावादीहरू भेला भएका हुन् ।
यससँगै, विमानस्थलदेखि निर्मल निवाससम्मको सुरक्षा व्यवस्था बनाइएको छ । काठमाडौंका विभिन्न स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आइरहेका छन् । उनी केही बेरमा त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।












